PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

चितवनमा थप दुई कोभिड १९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

चितवनमा थप दुई कोभिड १९ संक्रमितको मृत्यु

काठमाडौंः  चितवनमा कोभिड १९ सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

चितवन भरतपुर महानगरपालिका १० बस्ने ७९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनी आइतबार  कोभिड सङ्क्रमण सहित श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। उनलाई कार्तिक १३ गते कोभिड १९ पोजेटिभ पुष्टी भएको थियो। उनको उपचारको क्रममा आज बिहान १ बजेर २० मिनेटमा मृत्यु भएको हो।

त्यस्तै धादिङ नीलकण्ठ नगरपालिका-३ बस्ने ६१ वर्षीय महिलाको पनि मृत्यु भएको छ। कार्तिक ५ गते कोभिड १९ पुष्टिसँगै उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा जटिल भएपछि कोभिड आइसियु वार्डमा राखेर उपचार भइरहेको अवस्था उनको आज बिहान २ बजेर ५५ मिनेटमा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell