PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

टिकटकमा मेसेजमार्फत् दूराचार, दवावपछि मात्र ब्यान गरियो आरोपितको अकाउन्ट



पहिलोपोस्ट

टिकटकमा मेसेजमार्फत् दूराचार, दवावपछि मात्र ब्यान गरियो आरोपितको अकाउन्ट

बालबालिकामाथि आक्रमण गर्नेहरूलाई तत्काल कारवाही गर्ने टिकटकको वाचालाई बीबीसी प्यानोरमा अनुसन्‍धानले चुनौती दिएको छ।

टिकटकले अस्वभाविक व्यवहारविरुद्ध शून्य सहिष्णुताको नीती अपनाउने बताउँछ। तर,एक कार्यक्रमका लागि १४ वर्षीया किशोरीले अकाउन्ट बनाइन्। त्यसमा उनलाई एक पुरुषले यौन सम्बन्धी सन्देशहरू पठाए। टिकटकले उक्त व्यक्तिलाई ब्यान गरेन।

बीबीसी प्यानोरमाले स्पष्टिकरण मागेपछि बल्ल पीडकविरुद्ध कारवाही भयो।

टिकटकले पीडित किशोरीले आफूलाई आघात पर्ने किसिमको सन्देश आएको बारे प्रष्ट नपारेको बताएको छ।

'हामीले हरेक प्रयोगकर्ताको गोपनीयताको सम्मान गर्नुपर्छ', बीबीसीसँग भनिएको छ।

बाल सुरक्षा विज्ञहरूले टिकटक चलाउने बालबालिकाका अभिभावक यस विषयलाई लिएर सतर्क हुनु पर्ने बताएका छन्। 'टिकटक मनोरञ्जनात्मक छ। यसको प्रयोगमा उत्तिकै जोखिमहरू पनि छन्', ब्रेक फाउन्डेसनका लोरिन लाफेवले भने,'सम्भावित पीडकहरू कसलाई शिकार बनाउन सकिन्छ भन्ने खोजिरहेका हुन सक्छन्।'

अधिकांश बालबालिका र किशोरीहरूले आफ्नो उमेर लुकाएर टिकटक प्रयोग गर्छन्।

टिकटकले ब्यान गरेको प्रयोगकर्ता ३४ वर्षीय पुरुष हुन्।

बीबीसीको कार्यक्रमको दवावपछि हाल उनको अकाउन्ट ब्लक गरिएको छ। उनको फोनमा पुन: एप इन्स्टल गर्न नमिल्ने बनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell