काठमाडौं : पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडा, पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीसहित सिफारिस भएका तीन जना प्रस्तावित राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ।
प्रस्तावित राजदूतहरू युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्माको संसदीय सुनुवाइका लागि मिति तय भएको हो। उनीहरु विरुद्ध कुनै उजुरी परेको भए पनि उजुरीकर्ता सम्पर्कमा आएका छैनन्। उनीहरु सम्पर्कविहीन भएपछि संसदीय सुनुवाइ समितिले कात्तिक ४ गते सार्वजनिक सूचना नै जारी गरेको थियो ।
खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एक उजुरी परेको थियो। विश्वकर्मामाथि कुनै उजुरी छैन।
उजुरीकर्तालाई सम्पर्कमा आउन आजसम्मको समय तोकिएको थियो। उनीहरु सम्पर्कमा नआएपछि सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय समितिले गरेको हो।
