PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

कोरोना भाइरसको निशुल्क उपचार गर्न दिएको आदेश पालना नभएको भन्दै अवहेलना मुद्दा सर्वोच्चमा दर्ता



पहिलोपोस्ट

कोरोना भाइरसको निशुल्क उपचार गर्न दिएको आदेश पालना नभएको भन्दै अवहेलना मुद्दा सर्वोच्चमा दर्ता

काठमाडौं : कोभिड १९ को उपचार सेवा नि:शुल्क हुनुपर्ने अन्तरिम आदेश पालन नभएको भन्दै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

कोभिड १९ सँग सम्बन्धित प्रवर्द्धनात्मक, प्रतिकारात्मक, निदानात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सबै प्रकारका सेवाहरु नि:शुल्क हुनपर्छ भन्ने अन्तरिम आदेश सर्वोच्च अदालतले दिएको थियो। तर, आदेशको वेवास्ता गर्दै सरकारी अस्पतालहरुले समेत उपचार शुल्क र धरौटी रकमसमेत खुलाउँदै सूचना जारी गरेका थिए।

अदालतको आदेश पालन नगरी संविधानप्रदत्त मौलिक हक कार्यान्वयनका लागि लागू भएको जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसरण नभएको भन्दै अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले अदालतको अवहेलनालाई लिएर रिट दायर गरेका हुन्।

स्वास्थ्य मन्त्रालय र विभागीय मन्त्री भानुभक्त ढकाललाई विपक्षी बनाई मुद्दा दायर भएको हो। प्रधानमन्त्रीलाई समेत विपक्षी बनाएर ओली र केसीले मुद्दा दायर गरे पनि सर्वोच्च अदालतले प्रधानमन्त्रीको नाम हटाएर अवहेलना मुद्दा दर्ता गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell