PahiloPost

May 16, 2026 | २ जेठ २०८३

नारायणी अस्पतालका डाक्टर अशोक कुशवाहाको मृत्यु



राधेश्याम पटेल

नारायणी अस्पतालका डाक्टर अशोक कुशवाहाको मृत्यु

वीरगंज : नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकको आइतवार मृत्यु भएको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर अशोक कुशवाहा मृत्यु भएको हो।

उनको ४३ वर्षको उमेर उपचारको क्रममा आइतवार दिउँसो साढे ३ बजे नारायणी अस्प्पतालमा निधन भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए। मृर्गौला पीडित डा कुशवाहा ६ महिनादेखि डायलासिस गराउँदै आएका थिए। मधुमेह रोगको कारण मृर्गौलामा खराबी आएपछि उनी बिरामी परेका थिए।

डा कुशवाहाको अचानक श्वासप्रश्वास बिग्रिएपछि निधन भएको नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डा उदयनारायण सिंहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell