PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

प्रदेश १ मा २५९ संक्रमित थपिँदा ४४९ जना डिस्चार्ज, ५ पुरुषको मृत्यु



पहिलोपोस्ट

प्रदेश १ मा २५९ संक्रमित थपिँदा ४४९ जना डिस्चार्ज, ५ पुरुषको मृत्यु

विराटनगरः प्रदेश १ मा सोमबार २५९ जना कोरोना संक्रमित थपिएका छन्।

सोमबार सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २/२ संक्रमित थपिएका हुन्। यस्तै धनकुटा, भोजपुर र ताप्लेजुङ १/१ संक्रमित थपिएका छन्। विवरण अनुसार संक्रमित प्रदेश १ बाहिरका १३ जना समेत छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २/२ जनामा संक्रमण देखिएको हो। यस्तै, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १/१ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै मोरङको विराटनगरमा ३७, सुनवर्षीमा ७, कटहरी र रंगेलीमा ६/६, सुन्दरहरैचामा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १/१ जनामा संक्रमण देखिएको हो। स्थानीय तह नखुलेका ३ जनाको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै झापाको विर्तामोडमा १४,  दमकमा १२, कनकाइमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३/३ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै बुद्धशान्तिमा २, भद्रपुर र गौरीगञ्ज, बाह्रदशी र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यता उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण पुष्टि भएको छ। तेह्रथुमको छथर र म्याङलुङमा १/१, संखुवासभाको सभापोखरी र स्थानीय तह नखुलेका १/१, इलामको सूर्योदय र स्थानीय तह नखुलेका १/१ र ओखलढुङ्गाको मानेभन्ज्याङ र स्थानीय तह नखुलेका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ।  धनकुटाको पाख्रिबासमा १, भोजपुरको साल्पासिलिछोमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा सोमबार एक हजार २७२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ९९ महिला र १६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म एक लाख ६२ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको छ। कोरोना संक्रमितको संख्या १९ हजार ७९१ पुगेको छ।

यस्तै सोमबार ४४९ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट मात्र ४१५ जना डिस्चार्ज भएका छन्। त्यस्तै मेची अस्पतालबाट २, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट १७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होटल एशियाटिक आइसोलेसनबाट १/१, इटहरी आइसोलेसन केन्द्रबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ११ हजार ५४७ जना पुगेको छ।

प्रदेश १ मा सोमबार ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाका ५ जना पुरुषको संक्रमणका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell