PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश १ मा २५९ जनामा कोरोना पुष्टि, ४४९ जना डिस्चार्ज, ५ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा २५९ जनामा कोरोना पुष्टि, ४४९ जना डिस्चार्ज, ५ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा सोमवार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा २/२, धनकुटा, भोजपुर र ताप्लेजुङमा १/१ र प्रदेश १ बाहिरका १३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहवी र इनरुवामा २/२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १/१ जनामा कोरोना संक्रमण देखिएको छ।

त्यस्तै, मोरङको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६/६, सुन्दरहरैचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १/१ र स्थानीय तह नखुलेका ३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, झापाको विर्तामोडमा १४, दमकमा १२, कनकाईमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमलगाउँपालिकामा ३/३, बुद्धशान्तिमा २, भद्रपुर र गौरीगञ्ज, बाह्रदशी र झापा गाउँपालिकामा १/१ तथा स्थानीय तह नखुलेका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश १ मा सोमवार १ हजार २७२ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ९९ महिला र १६० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ६२ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको छ। जसमा कोरोना संक्रमितको संख्या १९ हजार ७९१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा सोमवार ४४९ जना डिस्चार्ज भएका छन्। जसमा होमआइसोलेसनबाट मात्र ४१५ जना डिस्चार्ज भएका छन्। त्यस्तै, मेची अस्पतालबाट २, कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट १७, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होटल एशियाटिक आइसोलेसनबाट १/१, इटहरी आइसोलेसन केन्द्रबाट १३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ११ हजार ५४७ जना पुगेको छ। प्रदेश १ मा सोमवार ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। झापाका ५ जना पुरुषको संक्रमणका कारण ज्यान गएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell