PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

बेङ्ग्लोरले दिल्लीलाई दियो १ सय ५३ रनको लक्ष्य, पाडिकलको अर्धशतक



पहिलोपोस्ट

बेङ्ग्लोरले दिल्लीलाई दियो १ सय ५३ रनको लक्ष्य, पाडिकलको अर्धशतक

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्सलाई १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अबु धाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको हो।

बेङ्ग्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ५० रन बनाउँदा एबि डिभिलियर्सले ३५ रन बनाए।

त्यस्तै कप्तान बिराट कोहली २९ रन बनाउँदा शिवन दुबे १७ र जोस फिलिपे १२ रनमा आउट भए।

उता दिल्लीका लागि एनरिच नोर्टजेले ३ विकेट लिँदा कागिसो रबाडाले २ विकेट र रबिचन्द्रन अश्विनले १ विकेट लिए।

आजको खेलमा जित निकाल्ने टिम प्लेअफका लागि क्वालिफाइ हुने भएकाले दुबै टिम जित निकाल्ने लक्ष्यमा रहेका छन्। पराजित हुने टिमले भने समीकरण पर्खनुपर्ने हुन्छ।

दिल्ली केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell