वीरगंजः वीरगंजमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साबिकको धोविनी -४ का ५५ वर्षका पुरुष रहेका छन्। उनको सोमबार साँझ ७ बजे नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।
श्वासप्रश्वासमा समस्या आएपछि आजै नारायणी अस्पतालमा साँझ साढे ६ बजे भर्ना भएका थिए। मृत्युपश्चात जीन एक्सपर्ट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको थियो।
यो सँगै पर्सामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ।
