PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

स्वीचगियर फेर्न काठमाडौंका यी स्थानमा भोलि हुँदैछ विद्युत् कटौती



रासस

स्वीचगियर फेर्न काठमाडौंका यी स्थानमा भोलि हुँदैछ विद्युत् कटौती

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले मंगलवार काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार काठमाडौं ग्रिड महाशाखाबाट स्युचाटार सबस्टेशनमा जडित ११ केभी क्षमताको स्वीचगियर बदली गरी नयाँ स्वीचगियर प्यानल जडान गर्नुपर्ने भएकाले विभिन्न स्थानमा मंगलवार बिहान ७ देखि १० बजेसम्म विद्युत् कटौती हुनेछ।

प्राधिकरणका अनुसार उक्त सबस्टशेनबाट वितरित कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्वयम्भु, बलम्बु, कलङ्की, थानकोट, कालीमाटी र ताहाचललगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ। विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति प्राधिकरणले माफी माग्दै तोकिएको समय भन्दा तोकिएको काम सकिए त्यस भन्दा अगावै विद्युत् सेवा पुनः सञ्चालनमा आउने जानकारी समेत दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell