PahiloPost

Nov 15, 2025 | ३० कात्तिक २०८२

कोरोनाका कारण स्वास्थ्यकर्मीको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि



रासस

कोरोनाका कारण स्वास्थ्यकर्मीको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि

धरान : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय स्वास्थ्यकर्मीको सोमवार साँझ मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। सप्तरीको महादेवा-६ घर भएका रेडियोग्राफरको दिसा पातलो हुने, ज्वरो आउने लगायतको समस्या भएपछि सोमवार नै अस्पतालमा भर्ना गरिएको थियो।

प्रतिष्ठानका सह-प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार दिउँसो एक्कासी श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। कुनै रोग नभएका उनलाई मृत्युपश्चात पीसीआर परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो।

यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको मृत्यु भएको थियो। यससँगै प्रतिष्ठानमा संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell