PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

धवन र रहाणेको अर्धशतकमा बेङ्ग्लोरलाई हराउँदै दिल्ली प्लेअफमा, बेङ्ग्लोर पनि प्लेअफमा सुरक्षित



पहिलोपोस्ट

धवन र रहाणेको अर्धशतकमा बेङ्ग्लोरलाई हराउँदै दिल्ली प्लेअफमा, बेङ्ग्लोर पनि प्लेअफमा सुरक्षित
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स प्लेअफमा पुगेको छ।

अबु धाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा दिल्लीले ६ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको थियो।

बेङ्ग्लोरका लागि देबदत्त पाडिकलले सर्वाधिक ५० रन बनाउँदा एबि डिभिलियर्सले ३५ रन बनाए। त्यस्तै, कप्तान बिराट कोहली २९ रन बनाउँदा शिवन दुबे १७ र जोस फिलिपे १२ रनमा आउट भए।

उता दिल्लीका लागि एनरिच नोर्टजेले ३ विकेट लिँदा कागिसो रबाडाले २ विकेट र रबिचन्द्रन अश्विनले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीका लागि शिखर धवन र अजिक्य रहाणे चम्किँदा १९ ओभर सकिँदा दिल्लीले लक्ष्य पुरा गर्‍यो।

दिल्लीका लागि अजिक्य रहाणेले सर्वाधिक ६० रन बनाउँदा शिखर धवनले ५४ रन बनाए। त्यस्तै मार्कस स्टोइनिस १० रनमा अभिजित रहे।

उता बेङ्ग्लोरका लागि साहबज अहमेदले २ विकेट लिँदा वासिङ्टन सुन्दर र मोहम्मद सिराजले समान १/१ विकेट लिए।

जितसँगै दिल्ली दोस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको छ भने रनरेटमा कोलकतालाई पछि पारेको बेङ्ग्लोर पनि प्लेअफमा पुगेको छ। यद्यपि बेङ्ग्लोर तेस्रो या चौथो बनेर प्लेअफमा जाने भन्ने निर्क्योल भने भोलीको  खेलले गर्नेछ।

प्लेअफमा पुग्ने चौथो टिमको टुंगो भने भोली हुने हैदराबाद र मुम्बइबीचको खेलले निर्धारण गर्ने छ। उक्त खेलमा हैदराबादले जितेमा कोलकतासँग रनरेटको आधारमा एउटा टिम क्वालिफाइ हुनेछ भने हैदराबाद पराजित भएमा कोलकताले प्लेअफको यात्रा तय गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell