PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

भियनामा आतंकवादीको हमला, दुई जनाको हत्या, १४ जना गोली लागेर अस्पतालमा



पहिलोपोस्ट

भियनामा आतंकवादीको हमला, दुई जनाको हत्या, १४ जना गोली लागेर अस्पतालमा
फोटो : रोयटर्स

भियानको ६ वटा स्थानमा राइफलधारीले गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन्। अस्ट्रियन चान्सलर सेबास्टियन कुर्जले यसलाई प्रतिकारक आतंकवादी हमला भएको टिप्पणी गरेका छन्। साथै उनले एकजना हतियारधारी मारिएको पनि जानकारी दिएका छन्। 

प्रहरीले एक अर्का हतियारधारीलाई खोजिरहेको छ। 

हतियारधारीको गोली प्रहारबाट एकजनाको घटनास्थलमै मृत्यु भयो भने एक जना महिलाको अस्पतालको उपचारका क्रममा ज्यान गएको हो। कम्तिमा १४ जना मानिस गोलीको सिकार भएर अस्पतालमा पुगेका छन्। तीमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ। एक जना प्रहरी समेत घाइते भएका छन्।

कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेपछि अस्ट्रियाले राष्ट्रिय निषेधाज्ञा जारी गर्नुअघि यस्तो आक्रमण भएको हो। निषेधाज्ञा जारी हुनुपूर्व मानिसहरु रेस्टुराँमा भेला भएका थिए। किनकि नोभेम्बरको अन्त्यसम्म अब रेस्टुराँहरु खुल्न पाउने छैनन्। 

राष्ट्रिय निषेधाज्ञा जारी हुनु एक घन्टा अगाडि गोली प्रहार भएको हो। युरोपेली मुलुकका नेताहरुले घटनाको चर्को निन्दा गरेका छन्। 

धार्मिक क्षेत्र मानिने सिटनस्टेटेन्गसेसेमा गोली प्रहार हुन सुरु भएको थियो। यो भियानाको मुख्य मन्दिर मानिन्छ। मन्दिरको सुरक्षाका लागि खटिएका प्रहरीलाई गोली लागेको छ। अहिलेसम्म पनि कति जना हतियारधारीले आक्रमण गरेका हुन खुल्न सकेको छैन। अस्ट्रियन मिडियाका अनुसार एक जना आक्रमणकारी पक्राउ परेका छन्। गोली प्रहार हुन थालेपछि भियनाको सडकमा मानिसहरुको भागदौड भएको दृष्यहरु सामाजिक सञ्जालमा देखिन्छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell