काठमाडौं : हिजो साँझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० वर्षीय युवकको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
सप्तरी महादेवा ६ का उनको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालमा भर्ना भएकै दिन उनको ज्यान गुमेको हो।
कोभिड १९ पोजेटिभ देखिएको उनी कार्तिक १७ गते अस्पताल भर्ना भएका थिए। त्यही साँझ ५:४० बजे उनको निधन भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए।
