PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

सांसद तथा व्यवसायी सूर्यबहादुर केसीको मृत्यु



पहिलोपोस्ट

सांसद तथा व्यवसायी सूर्यबहादुर केसीको मृत्यु

काठमाडौं : प्रतिनिधिसभा सांसद सूर्यबहादुर केसीको मृत्यु भएको छ। हिजो राति १०:३० बजे उनको मृत्यु भएको हो। स्थापित व्यवसायीसमेत रहेका उनी नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत हुन्। 

६३ वर्षका उनमा सुगर र प्रेसरको समस्या थियो। नेपाली काँग्रेसको राजनीतिपूर्व उनी राष्ट्रिय प्रजातन्त्र पार्टी आवद्ध थिए। रारा चाउचाउ उत्पादन गर्ने कम्पनी उनकै थियो भने माछापुछ्रे बैंकमा पनि उनको संलग्नता थियो। जलविद्युतमा समेत लगानी गरेका उनी व्यवसायिक पृष्ठभूमिका व्यक्ति हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell