PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

एक करोड रुपैयाँ  हुन्डीको रकम सहित तीन जना ओमबहालबाट समातिए



पहिलोपोस्ट

एक करोड रुपैयाँ  हुन्डीको रकम सहित तीन जना ओमबहालबाट समातिए

काठमाडौं : प्रहरीले हुन्डी रकमसहित तीन जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले सोमवार उनीहरुलाई नियन्त्रणमा लिएको हो। साथै उनीहरुको साथबाट स्रोत नखुलेको एक करोड रुपैयाँ समेत बरामद गरेको छ।

'विशेष सुचनाको आधारमा नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ,' व्युरोका डीआइजी सहकुलबहादुर थापाले भने।

पक्राउ पर्नेहरुमा झापका कमल मित्तल, विकास मित्तल र पर्वतका गणेश पौडैल रहेको डीआइजी थापाले जानकारी दिए। उनीहरुलाई काठमाडौंको ओमबहालबाट नियन्त्रणमा लिएको  प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका कमल र विकास भने दाजुभाइ  हुन्। उनीहरुको ओमबहालमा मोबाइल पसल भएको खुलेको छ।

अर्का पौडेलले भने हुन्डीको रकम कलेक्सन गर्ने गरेको देखिएको छ। उनीहरुले बरामद गरेको रकम हुन्डी मार्फत चीन पठाउन लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell