PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

२६७ जनाको परीक्षण गर्दा ९२ जनामा पोजेटिभ



पहिलोपोस्ट

२६७ जनाको परीक्षण गर्दा ९२ जनामा पोजेटिभ

काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ सय ६७ जनाको परीक्षण गर्दा ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रतिष्ठानले दिएको जानकारीअनुसार अस्पतालको माइक्रोबायोलोजी ल्याबमा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको हो।

यस अस्पतालमा उपचारका लागि पुगेकामध्ये ८२ जनाको संक्रमणकै बीच मृत्यु भइसकेको छ। ८ सय ५७ जना उपचार गरेर डिस्चार्ज भइसकेका छन्। १ हजार २८ जनाले यहाँ उपचार गराएका छन्।

अस्पतालको आइसोलेसन वार्डमा २० जना उपचारत छन् भने संक्रमणको संदेहमा रहेका ७ जना उपचारमा छन्। साथै पीसीआर पोजेटिभ देखिएका ३९ जना भर्ना भएर उपचार गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell