PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आईपीएलमा आज हैदराबादको चुनौती मुम्बइलाई, प्लेअफका लागि हैदराबादलाई जित अनिवार्य



पहिलोपोस्ट

आईपीएलमा आज हैदराबादको चुनौती मुम्बइलाई, प्लेअफका लागि हैदराबादलाई जित अनिवार्य
तस्बिर: इनसाइड स्पोर्टस

इण्डियन प्रिमियर लिग अन्तर्गत आज हैदराबाद र मुम्बइ इण्डियन्स प्रतिस्पर्धामा उत्रँदैछन्। शारजाह क्रिकेट स्टेडियममा आज हुने खेलमा प्लेअफमा पुग्न हैदराबाद जित्नै पर्ने दवाबमा हुनेछ। अर्कोतर्फ मुम्बइले शीर्षस्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

रनरेटको हिसाबले मुम्बइपछि सबैभन्दा राम्रो रनरेट हैदराबादको छ। तर, हैदराबादले आजको खेलमा हारेको खण्डमा कोलकता नाइटराइडर्सले प्लेअफमा स्थान सुरक्षित गर्नेछ।

यसअघिको खेलमा भने मुम्बइले हैदराबादलाई ३४ रनले पराजित गरेको थियो।

मुम्बइ इण्डियन्सका लागि यसपटक ब्याटिङमा क्विन्टन डी ककले सर्वाधिक ४१८ रन बनाएका छन् भने इसान किसनले ३९५ र सूर्यकुमार यादवले ३७४ रन बनाएका छन्। बलरतर्फ २३ विकेट लिएका जसप्रित बुमराह राम्रो फर्ममा छन्। त्यस्तै ट्रेन्ट बोल्टले २० र राहुल चहरले १५ विकेट लिएका छन्।

उता हैदराबादका लागि जारी सिजन कप्तान डेभिड वार्नरले सर्वाधिक ४४४ रन बनाउँदा मनिष पाण्डेले २८० तथा जोन्नी बेयर्स्टोले ३४५ रन बनाएका छन्। बलरतर्फ राशिद खानले सर्वाधिक १८ विकेट लिएका छन् भने टी नटराजनले १४ र सन्दीप शर्माले १० विकेट लिएका छन्।

खेल आज साँझ पौने ८ मा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell