काठमाडौंः सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका विभिन्न इकाईहरूमा रहेका कोभिड १९ सङ्क्रमित प्रहरीहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।
महानिरीक्षक खनालले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरा, नम्बर २३ मनकामना गण तनहुँ, नम्बर २४ कालिका गण पोखरा, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय पोखरा तथा स्याङ्जा गुल्म निरीक्षण गरेका हुन्। त्यस्तै महानिरीक्षक खनालले इमान्दारी र उच्च अनुसारको साथ आफ्नो जिम्मेवारी पुरा गर्न समेत निर्देशन दिएका छन्।
त्यस्तै सशस्त्र प्रहरी कर्मचारीका सन्ततिको गुणस्तरीय शिक्षाको लागि क्षेत्रीय स्तरमा विद्यालयहरूको स्थापना र कर्मचारीको स्वास्थ्य उपचारका लागि क्षेत्रीय अस्पतालको समेत स्थापना गर्दै लगिएको समेत बताएका थिए।
निरीक्षणका क्रममा महानिरीक्षक खनालले कोरोना सङ्क्रमित कर्मचारीलाई भेटेर नआत्तिन र आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागि सङ्गठनले सक्दो कार्य गर्ने समेत आश्वासन दिएका छन्।
