PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

रेडपाण्डाको छालाको मोलमोलाइ गर्दागर्दै ४ जना पक्राउ, ग्राहक बनेर समात्यो प्रहरीले



रासस

रेडपाण्डाको छालाको मोलमोलाइ गर्दागर्दै ४ जना पक्राउ, ग्राहक बनेर समात्यो प्रहरीले

राँझा : जिल्ला प्रहरी कार्यालय बाँकेले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ।

कोहलपुरस्थित न्यू राप्ती गेष्ट हाउसबाट बिहान करीब १०:३० बजेतिर रेडपाण्डाको छालासहित लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्कीलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छालाको मोलमोलाइ भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

यसअघि गत भदौ २८ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली घरबासबाट रेडपाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell