PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

३७ हजार सक्रिय संक्रमित कुन जिल्लामा कति? ८२ प्रतिशत छन् होम आइसोलेसनमा



विधुर ढकाल

३७ हजार सक्रिय संक्रमित कुन जिल्लामा कति? ८२ प्रतिशत छन् होम आइसोलेसनमा

काठमाडौं : नेपालमा हालसम्म एक लाख ७६ हजार ५ सय जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। ७७ वटै जिल्लामा संक्रमित पहिचान हुँदा हाल ७४ जिल्लामा सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

कुल पहिचान भएका संक्रमितमध्ये हालसम्म एक लाख ३७ हजार ९ सय ९२ जना संक्रमण मुक्त भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै संक्रमितको २१.२ प्रतिशत अझै पनि संक्रमणसँग लडिरहेका छन्। हाल नेपालमा ३७ हजार ५ सय ३४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा ९ सय ८४ जना संक्रमितको मृत्यु भइसकेको छ।

कुन जिल्लामा कति छन् सक्रिय संक्रमित?

हाल ७७ जिल्लामा मध्ये ७४ जिल्लामा सक्रिय संक्रमितहरु रहेका छन्। मनाङ, मुस्ताङ र, बाजुरामा हाल संक्रमितहरु छैनन्। बाजुरामा ६ सय ७३ जना संक्रमित पहिचान भएकोमा सबै संक्रमण मुक्त भएर सामान्य जीवनमा फर्किसकेका छन्। त्यस्तै मुस्ताङमा ४ र मनाङमा ५ जनामा संक्रमण पुष्टि भएकोमा उनीहरु पनि संक्रमण मुक्त भइसकेका छन्।

त्यस्तै, तीन जिल्लामा दुई हजार बढी संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा १६ हजार १ सय १८ जना सक्रिय संक्रमित छन्। मोरङमा २ हजार ८ सय २२ र ललितपुरमा दुई हजार ३ सय ४२ जना सक्रिय संक्रमित छन्।

त्यस्तै, एक हजार भन्दा बढी संक्रिय संक्रमित रहेका जिल्लामा ४ जिल्ला छन्। सुनसरीमा एक हजार ९ सय ५७, चितवनमा १ हजार ३ सय ६१, रुपन्देहीमा एक हजार ३ सय ३८ र भक्तपुरमा एक हजार ३३ जना रहेका छन्। त्यस्तै कास्की, झापा, मकवानपुर, दाङ, काभ्रे र नवलपरासी पूर्वमा पनि पाँच सय भन्दा बढी सक्रिय संक्रमित छन्। कास्कीमा ९ सय ६१, झापामा ९ सय ३५, मकवानपुरमा ७ सय ७६, दाङमा ६ सय ५६, काभ्रेमा ५ सय ३६ र, नवलपरासी पूर्वमा ५ सय २५ जना सक्रिय संक्रमित छन्।

त्यस्तै ९ जिल्लामा २०० देखि ५०० को बीचमा सक्रिय सक्रिमित छन्। जसमध्ये कैलालीमा ४ सय ७८ बाँकेमा ४ सय ६५ जना संक्रमित उपचारका क्रममा छन्।

धादिङ, नुवाकोट, तनहुँ, सुर्खेत, कपिलवस्तु र, नवलपरासी पश्चिममा सक्रिय संक्रमित २०० बढी छन्। १५ जिल्लामा १०० बढी सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै ३७ जिल्लामा १०० भन्दा कम सक्रिय संक्रमित छन्। सबैभन्दा कम डोल्पामा ५ जना सक्रिय संक्रमित छन्। त्यस्तै मुगु, रोल्पा र, हुम्लामा ९-९ जना सक्रिय सक्रमित छन् भने ताप्लेजुङ र पाँचथरमा १०-१० जना।

सक्रिय संक्रमित मध्ये ८२ प्रतिशत होम आइसोलेसनमा

यसैबीच हाल रहेका सक्रिय संक्रमितको ८२.४ प्रतिशत संक्रमित होम आइसोलेसनमा रहेका छन्। ३७ हजार ५ सय २४ जना सक्रिय संक्रमित मध्ये ३० हजार ९ सय २४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सक्रिय संक्रमित मध्ये ३ सय ४७ जना आइसीयुमा र ७४ जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ।

उपत्यकामा मात्र १९ हजार सक्रिय संक्रमित रहेका छन्। जुन कुल सक्रिय संक्रमितको ५१.८ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell