PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

भारतद्वारा नवलपुरको भीमसेन आदर्श उच्च माध्यमिक विद्यालयको भवन निर्माण



पहिलोपोस्ट

भारतद्वारा नवलपुरको भीमसेन आदर्श उच्च माध्यमिक विद्यालयको भवन निर्माण

काठमाडौं: भारत सरकारको सहयोगमा नवलपुरको भीमसेन आदर्श उच्च माध्यमिक विद्यालयको भवन निर्माण भएको छ।

नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २.५८३ करोड आर्थिक सहयोगमा निर्माण भएको विद्यालय भवनको काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय प्रतिनिधि, विद्यार्थी एवं विद्यालय परिवारद्वारा सोमवार संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गरिएको छ।

नवलपुर जिल्लाको देवचुली–७ मा सन् १९६९ स्थापना भएको विद्यालयमाकक्षा १२ सम्म अध्यापन गराइन्छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ५५ प्रतिशत भन्दा बढी छात्रा छन्।

भारत सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको यस विद्यालय भवनमा १६ वटा कक्षा कोठा, प्रयोगशाला, प्रशासन तथा कर्मचारी कक्ष, बैठक कक्ष, चमेना गृह, औषधि कक्ष र सरसफाइ सुविधा रहेका छन्।

साविकको साना विकास परियोजना र हाल उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको यस विद्यालय भवन शिक्षाको क्षेत्रमा भारत र नेपालले गर्दै आएको सहकार्यको अर्को उदाहरण भएको दूतावासले जनाएको छ।

यस परियोजनाले शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्‍याएको दूतावासको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell