PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कमल थापा भन्छन्: ओलीको ठाउँमा प्रचण्ड-देउवा ल्याएर देशले संकटबाट निकास पाउँदैन, जनमत संग्रहको बहस प्रारम्भ गरौं



पहिलोपोस्ट

कमल थापा भन्छन्: ओलीको ठाउँमा प्रचण्ड-देउवा ल्याएर देशले संकटबाट निकास पाउँदैन, जनमत संग्रहको बहस प्रारम्भ गरौं

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यबारे पुनर्विचार गर्नेबेला आएको बताएका छन्।

पछिल्लो राजनीतिक घटनाप्रति असन्तुष्टि जनाउँदै नेता थापाले धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्ने वा उल्लेखित मान्यताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न जनमत संग्रहमा गर्नेबारे अब राष्ट्रिय बहस प्रारम्भ गरिनुपर्नेमा जोड दिएका छन्।

नेता थापाले भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेको भन्दै प्रधानमन्त्रीमा केपी ओलीको ठाउँमा प्रचण्ड वा शेरबहादुर देउवा आए पनि देशले संकटबाट निकास नपाउने उल्लेख गरेका छन्।

'केपी ओलीको ठाउँमा प्रचण्ड,माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली काँग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँदैन,' उनले ट्वीटरमा उल्लेख गरेका छन्। समस्याको चक्रव्यूहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र/अवधारणामा सुधार नगरेसम्म 'कस्मेटिक'परिवर्तनको कुनै अर्थ नरहने थापाको भनाई छ।

अध्यक्ष थापाले वर्तमान सरकारको परराष्ट्र नीति सञ्चालनमा असन्तुलन देखिएको पनि उल्लेख गरेका छन्। 'नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकार माथि अर्को छीमेकी चिनको भरोसा पनि धर्मराएको छ,' थापाले ट्वीटरमा लेखेका छन्।

 

<blockquote class="twitter-tweet"><p lang="ne" dir="ltr">-समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र/अवधारणामा सुधार नगरेसम्म &#39;कस्मेटिक&#39;परिवर्तनको कुनै अर्थ रहँदैन..<br> -केपी ओलीको ठाउँमा प्रचण्ड,माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कंग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँदैन</p>&mdash; Kamal Thapa (@KTnepal) <a href="https://twitter.com/KTnepal/status/1323481087264268289?ref_src=twsrc%5Etfw">November 3, 2020</a></blockquote> <script async src="https://platform.twitter.com/widgets.js" charset="utf-8"></script>



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell