PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

सिरहामा १० केजी गाँजासहित एक जना पक्राउ



पहिलोपोस्ट

सिरहामा १० केजी गाँजासहित एक जना पक्राउ

जनकपुरधाम : सिरहामा लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर १४ भालुटार सखुवाचौरीबाट सोही स्थानका ३७ वर्षीय बुध बहादुर तामाङलाई पक्राउ गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

तामाङलाई इलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी सिरहाबाट खटेको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सेतो बोरा भित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा गाँजासहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell