PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कर्मचारीमा कोरोना पुष्टि भएपछि रामग्राम नगरपालिकाको सेवाप्रवाह स्थगित



रासस

कर्मचारीमा कोरोना पुष्टि भएपछि रामग्राम नगरपालिकाको सेवाप्रवाह स्थगित

परासी : कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरेको छ।

नगरपालिका र वडा कार्यालयमा कार्यरत ११ जना कर्मचारीमा संक्रमण पुष्टि भएपछि मंगलवारदेखि एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको नगरपालिकाले जनाएको छ।

संक्रमितको सम्पर्कमा रहेका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले कात्तिक २४ गतेसम्म नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए।

कोरोना संक्रमित एक कर्मचारीको काठमाडौंमा उपचार भइरहेको छ भने अन्य दश जना होम आइसोलेसनमा रहेको नगरपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell