PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आफ्नै नाबालिका छोरीको हत्या मुद्दाका फरार प्रतिवादी ११ बर्षपछि पक्राउ



फूलमाया पुरी

आफ्नै नाबालिका छोरीको हत्या मुद्दाका फरार प्रतिवादी ११ बर्षपछि पक्राउ

विराटनगर : जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई ११ बर्षपछि पक्राउ गरेको छ। सुनसरीको साविक नरसिंह गाउँ विकास समिति ४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मियाँले २०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाको घाँटी थिची हत्या गरेका थिए। माईतीघरमा बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी ससुराल गएका करिमले बाटोमा फर्कने क्रममा श्रीमतीसँग वादविवाद भएपछि आमा छोरीलाई नै कुटपीट गर्नुका साथै घाँटी थिचेर बेहोस अवस्थामा केरावारीमा फालिदिएका थिए।

केही समयपश्चात श्रीमती अजिरन खातुन होशमा आएकी थिइन्। त्यसबेलासम्म छोरीको मृत्यु भएको भनी खातुनले नै मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरेकी थिइन्।

जाहेरी दर्ता गरेकै दिन देखि नै फरार रहेका करिमलाई घटना भएको ११ बर्षपछि २०७७ कार्तिक १७ गते प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell