PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

प्रदेश १ मा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा थप ३६३ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा मंगलवार ३६३ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा १५६, सुनसरीमा १२०, झापामा ६०, उदयपुरमा ८, धनकुटा र इलाममा २/२, पाँचथर, भोजपुर र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२० जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ५८ महिला र ६२ पुरुष छन्। सुन्दरहरैचामा १०, पथरीशनिश्चरे र कटहरीमा ५/५, बेलबारीमा ३, धनपालथान, रतुवामाई, ग्रामथान, रंगेली र केराबारीमा २/२, बुढीगंगा, कानेपोखरी र लेटाङमा १/१ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यस्तै, सुनसरीको धरानमा ८१, इटहरीमा २५, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनीमा ३, भोक्राहानरसिंह र दुवहीमा १/१, झापाको दमकमा ३१, विर्तामोडमा १०, गौरादह र भद्रपुरमा ५/५, गौरीगञ्जमा ४, बुद्धशान्ति, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी र कमलगाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको छ। उदयपुरको कटारीमा ५, चौदण्डीगढी, त्रियुगा र स्थानीयतह नखुलेका १/१, धनकुटामा २, इलामको चुलाचुलीमा २, पाँचथरको मिक्लाजुङमा १, भोजपुरमा १, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका १२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार १५४ पुगेको छ। प्रदेश १ मा मंगलवार १ हजार ८५ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १५३ महिला र २१० पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख ६३ हजार ४९९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा मंगलवार १६० जना डिस्चार्ज भएका छन्। सुनसरीको वि जेनरल अस्पताल हरिनगरबाट ३९, रमानन्द आचार्य सेवापीठ बराहक्षेत्रबाट २६, इनरुवा आईसोलेसनबाट १९ जना डिस्चार्ज भएका छन्। त्यस्तै, प्रहरी प्रशिक्षण केन्द्र आईसोलेसन विराटनगरबाट ३५, विराट मेडिकल कलेज र गढी आईसोलेसन केन्द्रबाट १४/१४, जिल्ला अस्पताल संखुवासभाबाट ७, रुम्झाटार आईसोलेसन केन्द्रबाट ३, इलाम अस्पताल, जिल्ला अस्पताल खोटाङ र जीवन विकास आधारभुत विद्यालय आईसोलेसन केन्द्रबाट १/१ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ११ हजार ७३६ पुगेको छ। प्रदेश १ मा मंगलवार ५ जना पुरुष संक्रमितको मृत्यु भएको छ। आज झापाका १, मोरङका दुई सुनसरीका १ र उदयपुरका १ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९७ पुगेको छ। जसमध्ये महिला ५५ र पुरुष १४२ रहेका छन् भने प्रदेश १ स्थायी ठेगाना भएका १८० र प्रदेश १ बाहिरका १७ जना रहेको  सामाजिक विकास मन्त्रालयको तथ्याकं रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell