PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित ५ जना पक्राउ



पहिलोपोस्ट

सुनसरीबाट प्रतिबन्धित लागुऔषधसहित ५ जना पक्राउ

विराटनगर : प्रहरीले प्रतिबन्धित लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। सुनसरीबाट नियन्त्रित लागुऔषधसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले डायलेक्स डीसी १०० एमएलको ४७ बोतलसहित भारतीय नागरिक दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले १९ बर्षीय महेश कुमार मेहेता र सुरेश कुमार गुप्ता तथा कोशी गाँउपालिका-१ का मनिष यादवलाई कोशी गाउँपालिका-१ बाट सोमवार दिउँसो पक्राउ गरेको हो।

यसैगरी, ईनरुवा नगरपालिका-४ बाट लागुऔषध नाईट्रोसन ट्याब्लेट सहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका-१ का २८ बर्षीय नुनुलाल उराव र रामधुनी नगरपालिका-३ का २५ बर्षीय नफिल मियालाई ८ ट्याब्लेट नाईट्रोसनसहित पक्राउ गरेको हो।

पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell