PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

मुम्बइले हैदराबादलाई दियो १ सय ५० रनको लक्ष्य



पहिलोपोस्ट

मुम्बइले हैदराबादलाई दियो १ सय ५० रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा मुम्बइ इण्डियन्सले सनराइजर्स हैदराबादलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको हो।

मुम्बइका लागि किइरोन पोलार्डले सर्वाधिक ४१ रन बनाउँदा सूर्यकुमार यादवले ३६ रन बनाए। त्यस्तै इसान किसनले ३३ रन र क्विन्टन डी ककले २५ रन बनाए।

मुम्बइलाई सामान्य स्कोरमा समेट्न हैदराबादका लागि सन्दीप शर्माले ३ विकेट लिँदा शाहबज नदीम र जेसन होल्डरले समान २/२ विकेट तथा राशिद खानले एक विकेट लिए।

प्लेअफमा स्थान बनाउनका लागि हैदराबाद जित्नैपर्ने दवाबमा छ।

हैदराबाद केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell