PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

महरा पत्नी सीताको मृत्युमा प्रधानमन्त्री ओली दु:खी



पहिलोपोस्ट

महरा पत्नी सीताको मृत्युमा प्रधानमन्त्री ओली दु:खी

काठमाडौं : पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको मृत्यु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले दु:ख लागेको बताएका छन्। 

'प्रतिनिधिसभाका सदस्य एवं पूर्व सभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अन्त्यन्त दु:ख लागेको छ,' प्रधानमन्त्री ओलीले ट्विटमार्फत् भनेका छन्, 'म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पूर्व सभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'

महरा पत्नी सीताको आज बिहान मृत्यु भएको हो। कोभिड १९ संक्रमण भएको उनको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। भेन्टिलेटरमा राखेर उपचार भए पनि उनको ज्यान जोगिन सकेन। 

सीतालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर उपचार गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell