PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

मुस्ताङको लोमान्थाङमा सशस्त्र प्रहरीको बीओपी भवनको शिलान्यास



पहिलोपोस्ट

मुस्ताङको लोमान्थाङमा सशस्त्र प्रहरीको बीओपी भवनको शिलान्यास

काठमाडौं : गृह सचिव महेश्वर न्यौपानेले र सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनालले संयुक्तरुपमा मुस्ताङको लोमान्थाङ- ४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) को  शिलान्यास गरेका छन्। 

गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बीओपी सदरमुकाम जोमसोम बाट १ सय ९ किलोमिटरको दुरीमा समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा अवस्थित रहने छ।

२४ कोठाको मौसम अनुकूलको हुने भवन करिब साढे ६ करोडको लागतमा एक वर्ष भित्र निर्माण भइसक्ने लक्ष्य राखिएको छ। असोजदेखि वैशाखसम्म हिमपात हुने त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल १२ महिना नै तैनाथ रहने छ।

हाल सम्म देशभर सशस्त्र प्रहरी बलका १ सय ८३ वटा बीओपी स्थापना भएकामध्ये उत्तरी सिमानामा  ७ वटा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell