PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

भारतीय सेनाध्यक्ष नरावणे काठमाडौं ओर्लिए, सडकमा उभिनसमेत लगाइयो रोक

भारतीय सेनाध्यक्ष नरावणे काठमाडौं ओर्लिए, सडकमा उभिनसमेत लगाइयो रोक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे विषेश विमानबाट काठमाडौं आइपुगेका छन्। उनी मध्यान्ह त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन्। पत्नीसहित काठमाडौं आएका उनलाई सिधैं सोल्टी होटेल लगिएको छ। तीन दिनसम्म उनी सोल्टीमा नै बस्ने कार्यक्रम रहेको छ। उनी आउँदा कडा सुरक्षा व्यवस्था गरिएको थियो। सडक किनारामा मानिसलाई उभिनसमेत सुरक्षाकर्मीले दिएका थिएनन्।

आज उनी पशुपति मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ। लकडाउन पछि सर्वासाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाइँदै आएको छ। निषेधाज्ञा खुकुलो पारे पनि पशुपतिनाथ दर्शन खुला भएको छैन। नरावणेका लागि भने पशुपति खोलिँदैछ।

सेनाध्यक्ष नरावणेको भ्रमणलाई लिएर काठमाडौं उपत्यकाभित्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ। नेपाल र भारत सीमा विवादको विषयमा सेनाध्यक्ष नरावणेले केही समयअघि दिएको अभिव्यक्तिले उनी नेपालमा आलोचित छन्। त्यही विषय उठाएर उनको विरोध पनि भएको छ। त्यसैले उनको भ्रमणमा समेत विरोध हुनसक्ने देखेर प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।

बिरोध हुनसक्ने सम्भावित स्थान र व्यक्ति प्रहरीको निगरानीमा रहेका छन्। केही मानिसलाई नियन्त्रणमा समेत लिएको प्रहरीले जानकारी दिएको छ। युट्युबरको बीचमा चर्चित पुण्य गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले कालो झण्डा देखाएर विरोध गर्ने अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।



ट्रेन्डिङ पोस्ट

Ncell