PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नेपाली बालिकालाई अन्तर्राष्ट्रिय उपाधि



पहिलोपोस्ट

नेपाली बालिकालाई अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं : नेपाली बालिका प्रिन्शा खड्काले अन्तर्राष्ट्रिय कलात्मक प्रतिस्पर्धा जितेकी छिन्। ७ वर्षीया उनले टिभी स्टार्ट इन्टरनेसनल फेस्टिभलको अनलाइन संस्करणमा उनले 'गोल्डेन क्वीन'को उपाधि जितेकी हुन्।

प्रतियोगितामा विश्वभरबाट १६ देशका ४० जना बालबालिका सहभागी थिए। अनलाइनमार्फत् विभिन्न चरणमा सिर्जनात्मक प्रतियोगिताहरू भएका थिए। कार्यक्रमको नेपाल संयोजन मर्निङ ग्लोरी इन्टरटेनमेन्ट र मोहना मोथे खनालले गरेका थिए।

प्रिन्शाले दुई महिना अघि मात्र साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत् आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा ‘गोल्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ को उपाधी र स्पेसियल अवार्ड अफ द फेस्टिवल पाएकी थिइन्।

गत बर्ष इजिप्टमा आयोजित ‘मिनी मोडल वर्ल्ड २०१९’ को उपाधिसँगै उत्कृष्ट डान्सर जितेकी थिइन्।

रुकुमकी प्रिन्शा खड्का हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत छिन्। उनी म्युजिक भिडियोहरूमा बाल कलाकारको रुपमा देखिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell