PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

ट्रम्पकोट ट्वीटलाई ट्वीटरले लगायो 'भ्रमपूर्ण'को ट्याग



पहिलोपोस्ट

ट्रम्पकोट ट्वीटलाई ट्वीटरले लगायो 'भ्रमपूर्ण'को ट्याग

अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना भइरहेको छ। यस्तोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा पटक पटक विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्।

बुधवार बिहान ट्रम्पले यस्तै विवादास्पद अभिव्यक्ति ट्विट गरे। जसलाई ट्वीटरले 'विवादास्पद' ट्याग लगाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले एक घण्टा अगाडि मात्र गरेको ट्वीटलाई ट्वीटरले 'ट्वीट विवादास्पद तथा निर्वाचन अथवा नागरिक प्रक्रियाका बारेमा भ्रम छर्न सक्ने' भन्दै ट्याग लगाइदिएको हो।

ट्रम्पले 'आफूहरुले निर्वाचन जितिरहेको र उनीहरुले निर्वाचन चोर्ने प्रयास गरिरहेको ट्वीट गरेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell