PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

‘कृष्ण लिला’की अभिनेत्री फेरबदल, मंसिरबाट सुरु हुँदै छायाँकन



पहिलोपोस्ट

‘कृष्ण लिला’की अभिनेत्री फेरबदल, मंसिरबाट सुरु हुँदै छायाँकन

काठमाडौं : फिल्म ‘कृष्ण लिला’ घोषणासँगै अभिनेत्री दीपिका प्रसाई अनुबन्धित भएकी थिइन्। तर, फिल्मबाट दीपिका निस्‍किएकी छिन्। उनले स्वास्थ्य समस्या देखाउँदै अभिनय गर्न नसक्ने बताएकी हुन्।

दीपिका केही समययता थाइराइड र माइग्रेसनको उपचार गराइरहेकी छिन्।

दीपिकाको ठाउँमा श्रद्धा क्षेत्री अनुबन्धित भएको निर्माता रत्न श्रेष्ठले जानकारी दिए।  मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धासँग अनस्क्रिन जोडी बाँध्दै छन् अभिनेता पुष्प खड्का।

अन्य कलाकार बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ। सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्मको छायाँकन आगामी मंसिर १५ गतेबाट छायाँकनमा सुरु हुनेछ।

दीपक ओलीले निर्देशन गर्न लागेको फिल्मका प्रस्तुतकर्तामा रोहित कट्टेल हुन्। फिल्म शिव ढकालले खिच्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell