PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

मतगणना नसकिँदै ट्रम्पले गरे जितको घोषणा : स्पष्टरुपमा भन्दा हामीले जितेका छौं



पहिलोपोस्ट

मतगणना नसकिँदै ट्रम्पले गरे जितको घोषणा : स्पष्टरुपमा भन्दा हामीले जितेका छौं

अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना जारी छ। मतगणना जारी रहँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयको घोषणा गरेका छन्। उनले विशेष सम्बोधन गर्दै राति उत्सवको तयारी गरिरहेको बताए। 

'हामी ठूलो उत्सबको तयारीमा छौं। हामीले ठूलो विजय हासिल गर्दै छौं। फ्लोरोरिडा, टेक्सस, जर्जियामा जितिरहेका छौं। उनीहरुले हामीलाई भेट्न सक्दैनन्,' उनले भने। ट्रम्पले अरिजोनामा हार ब्यहोर्दै गर्दा उनले आफूलाई कुनै फरक नपर्ने बताए। तर, आफूले पेन्सलभेनियामा जित हात पारिरहेको दाबी गरे।

'हामीलाई सबै चाँहिदैन हामीले जितिरहेका छौं। हामीले टेक्सस जितिरहेका छन्। यो के भइरहेको छ?,' उनले भने, 'हामी जित नजिक छौं स्पष्ट रुपमा भन्नुपर्दा हामी विजयी भएका छौं।'

त्यस्तै उपराष्ट्रपति माइक पेन्सले आफूहरु विजयी नजिक रहेको भन्दै पुन: अमेरिकालाई महान गराउने घोषणा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell