PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

भारतीय सेनाध्यक्ष नरावणेको भ्रमण बिरुद्धमा माइतीघरमा कालो झन्डा

भारतीय सेनाध्यक्ष नरावणेको भ्रमण बिरुद्धमा माइतीघरमा कालो झन्डा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको भ्रमणको विरोध गर्दै प्रर्दशन भएको छ। प्रहरीले विरोध तथा प्रर्दशन हुनसक्ने आशंकामा सुरक्षा व्यवस्था मिलाएपनि सेनाध्यक्ष नरावणे काठमाडौं ओर्लिएसँगै विरोध भएको हो।

माइतीघर मण्डलमा केही प्रर्दशनकारी भेला भएर सेनाध्यक्षको भ्रमणप्रति विरोध जनाएका हुन्। सेनाध्यक्षको भ्रमण राष्ट्रिय हितमा नहुने भन्दै उनीहरुले प्रर्दशन गरेका थिए। उनीहरुले कालो झन्डा बोेकेर बिरोध जनाएका थिए।

सेनाध्यक्ष नरावणेको भ्रमणलाई लिएर काठमाडौं उपत्यकाभित्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ। नेपाल र भारत सीमा विवादको विषयमा सेनाध्यक्ष नरावणेले केही समयअघि दिएको अभिव्यक्तिले उनी नेपालमा आलोचित छन्। त्यही विषय उठाएर उनको विरोध पनि भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell