PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विराटनगरका १११ सहित प्रदेश १ मा ३०४ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



फूलमाया पुरी

विराटनगरका १११ सहित प्रदेश १ मा ३०४ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टाभित्र १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये मोरङमा मात्र २ महिलासहित ९ जनाको मृत्यु भएको छ। त्यस्तै, झापामा १ पुरुष र सुनसरीमा ४ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

प्रदेश १ मा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या २११ पुगेको छ। मृत्यु हुनेमा प्रदेश १ का ५९ महिलासहित १९४ र प्रदेश १ बाहिरका २ महिला र १५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमित थपिएका छन्। आज मोरङमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २/२ र प्रदेश १ बाहिरका ७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १११ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष छन्। त्यस्तै, रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७/७, उर्लाबारी र ग्रामथानमा ३/३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा १/१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यता झापाको दमकमा १०, विर्तामोड र गौरादहमा ४/४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १/१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १/१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा २, इलामको चुलाचुली र स्थानीय तह नखुलेका १/१ र  प्रदेश १ बाहिरका ७ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज १ हजार १९८ जनाको पीसीआर परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १२३ महिला र १८१ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। प्रदेश १ मा हालसम्म १ लाख ६४ हजार ६४० जनाको पीसीआर परीक्षण गरिएको र हालसम्म कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ४२२ जना डिस्चार्ज भएका छन्। आज होमआईसोलेसनबाट २३४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१ जना डिस्चार्ज भएका छन्। त्यस्तै, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट १२, कालि सदन आईसोलेसन र बैजनाथपुर आईसोलेसनबाट ७/७, नोवेल अस्पताल र बेलबारी आईसोलेसनबाट ६/६, धाईजन आईसोलेसन केन्द्र र न्युरो अस्पतालबाट ४/४, जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आईसोलेसनबाट ३/३, कोभिड-१९ आईसोलेसन अस्पताल, कोभिड-१९ आईसोलेसन केन्द्र रंगेली र मेची अस्पतालबाट २/२, इलाम अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट १/१ जना डिस्चार्ज भएको सामाजिका विकास मन्त्रालयले जनाएको छ। आज डिस्चार्ज भएका ४२२ सहित प्रदेश १ मा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या १२ हजार १०१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell