PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

राम कुमार पाँँडेलाई भैरव पुरस्कार र राजाराम पौडेललाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिने



पहिलोपोस्ट

राम कुमार पाँँडेलाई भैरव पुरस्कार र राजाराम पौडेललाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिने

काठमाडौं : भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६-७७ क्रमशः राम कुमार पाँँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ।

पाँडे चर्चित व्यङ्ग्यकार हुन् भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो। भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमशः एक लाख र पचास हजार रुपैयाँ रहेको छ।

वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्राध्यापक डाक्टर खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो। हाल कोभिड-१९ को संक्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजालले जानकारी दिए।

नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा यो पुरस्कार स्थापित भएको थियो। २०४६ सालदेखि प्रत्येक २-२ वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आगामी वर्षबाट वर्षेनी वितरण गरिने पनि रिजालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell