PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

बार्सिलोनाको संघर्षपूर्ण जित



पहिलोपोस्ट

बार्सिलोनाको संघर्षपूर्ण जित

युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘जी’ को खेलमा बार्सिलोनाले डाइनामो क्यिभमाथि जित निकालेको छ। क्याम्प नाउमा भएको खेलमा घरेलु टोलीले २-१ को संघर्षपूर्ण जित निकालेको हो।

बार्सिलोनाको जितमा लियोनल मेस्सी र जेरार्ड पिक्वेले गोल गरे भने डाइनमोका लागि भिक्टोर क्यिभले गोल गरे।

खेलको पाँचौं मिनेटमै पेनाल्टीको अवसर सदुपयोग गर्दै मेस्सीले खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा घरेलु टोली एक गोलले अघि रहेको थियो। दोस्रो हाफमा घरेलु टोलीका लागि पिक्वेले अर्को गोल थपे। उनले ६५ औं मिनेटमा अंशु फाटीको पासमा गोल गरे। खेलको ७५ औं मिनेटमा क्यिभले गोल गर्दै डाइनामोलाई खेलमा फर्कन चाहे पनि त्यो पर्याप्त हुन सकेन।

जितसँगै लगातार तीन जित निकाल्दै ९ अंक जोडेको बार्सिलोना अंकतालिकाको शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell