PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

दोहोरो रेडकार्ड ब्यहोरेको पीएसजी पराजित



पहिलोपोस्ट

दोहोरो रेडकार्ड ब्यहोरेको पीएसजी पराजित

युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जर्मन क्लब आरबी लाइपजिगसँग पराजित भएको छ। समूह एच अन्तर्गत रेड बुल एरेना लाइपजिगमा भएको खेलमा पीएसजी घरेलु टोलीसँग २-१ ले पराजित हुन पुगेको हो।

खेलमा पीएसजीले अग्रता बनाएको थियो। खेलको छैटौ मिनेटमा नै एन्जेल डी मारियाले अग्रता बनाएका थिए। यद्यपि १६ औं मिनेटमै पाएको पेनाल्टीमा भने डी मारिया चुके। यता लाइपजिगका लागि पीएसजीकै पूर्वखेलाडी समेत रहेका क्रिस्टोफर नकुन्कुले ४१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। र, पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफ पीएसजीका लागि सुखद रहन सकेन। खेलको ५७ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै लाइपजिगका इमिल फोर्सबेर्गले गोल गरे। जुन लाइपजिगको जितका लागि निर्णायक बन्न पुग्यो। उता पीएसजीका इड्रिसा गुएए ६९ मिनेट र प्रेसनेल किमपेमबे अतिरिक्त समयमा रातोकार्ड खाँदै बाहिरिँदा पीएसजी खेल सकिँदासम्म ९ खेलाडीमा सीमित भएको थियो।

जितसँगै लाइपजित ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै तीन अंक जोडेको पीएसजी तेस्रो स्थानमा छ। समुहको शीर्ष स्थानमा भने इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड र पुछारमा इस्तानबुल छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell