PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

ह्वाइट हाउसले कसलाई स्वागत गर्ला? बाइडेन भन्छन् : जित हाम्रो हुनेमा विश्वस्त छौं



पहिलोपोस्ट

ह्वाइट हाउसले कसलाई स्वागत गर्ला? बाइडेन भन्छन् : जित हाम्रो हुनेमा विश्वस्त छौं

अमेरिकी राष्ट्रपतिका प्रत्यासी जोय बाइडेनले मत परिणाम आफ्नो पक्षमा आउँदै गरेको बताउँदै एकता नै आफ्नो प्राथमिकता रहने बताएका छन्। राष्ट्रलाई एक गराउने विषय महत्वका साथ उठाउँदै उनले जिततिर लम्किँदै गरेको आत्मविश्वसा प्रकट गरे। 'म यहाँ हामीले जित्यौं भन्न उपस्थित भएको होइन। म रिपोर्ट गर्न आएको हुँ - जब मत गणना सकिनेछ, विश्वास छ हामीले जित हासिल गरेका हुनेछौं,' बाइडेनले भने।

महत्वपूर्ण मानिएका केही राज्यमा मत गणना अझै जारी छ। तर डेमोक्रेट पार्टीले अहिलेसम्मकै सबैभन्दा धेरै मत पाएर राष्ट्रपति पद हासिल हुँदै गरेको जनाएको छ।

यो दावीमा सत्यता छ किनकि नेपाली समयअनुसार आज बिहान पौने ५ बजेसम्म मत गन्तीमा बाइडेनले ७ करोडभन्दा धेरै मत ल्याइसकेका छन्। सन् २०१६ को निर्वाचनमा ट्रम्पले कूल हासिल गरेको मतभन्दा यो ३० लाखभन्दा बढी हो। सन् २००८ मा बाराक ओवामाले राष्ट्रपति पदमा चुनाव जित्दा ६ करोड ९५ लाख मत ल्याएका थिए।

यसपाला बढी मत खसेका कारण बाइडेनले धेरै मत ल्याए। साथै राष्ट्रपति ट्रम्पले पनि २०१६ मा जित हासिल गर्दा भन्दा बढी मत पाइसकेका छन् यसपाला।

अमेरिकी निर्वाचनमा बढी मत ल्याउनुको अर्थ ह्वाइट हाउसको ढोका खुल्नु भने होइन। अझै एरिजोना, जर्जिया, नेभाडा, विस्कोन्सिन र पेन्सेलभेनियाको मत परिणाम पूरा आइसकेको छैन। आज दिनभरिमा यी क्षेत्रको मत परिणाम सार्वजनिक भएसँगै ह्वाइट हाउसले कसलाई स्वागत गर्ने भन्ने तय हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell