PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

वेर्नरले दोहोरो गोल गर्दा घरेलु मैदानमा चेल्सीको सानदार जित



पहिलोपोस्ट

वेर्नरले दोहोरो गोल गर्दा घरेलु मैदानमा चेल्सीको सानदार जित

युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा इङ्ग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब रेनेसमाथि सानदार जित निकालेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोलीले ३-० को जित निकालेको हो।

चेल्सीको जितमा टिमो वेर्नरले २ गोल गर्दा टमी अब्राहमले १ गोल गरे। वेर्नरले दुबै गोल पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरेका थिए। उनले खेलको १० औं र ४१ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै चेल्सी २ गोलले अगाडि थियो। उता रेनेसका डालब्रेट स्टेबाओ ४० औं मिनेटमा रेडकार्ड खाँदै बाहिरिएका थिए।

दोस्रो हाफमा अब्राहमले चेल्सीका लागि गोल थपे। उनले खेलको ५० औं मिनेटमा गोल गरेपछि चेल्सीले ३-० को सहज जित निकाल्न सफल भयो।

त्यस्तै समूह ई कै अर्को खेलमा सेभियाले क्रसनोदरलाई ३-२ ले हराएको थियो।

योसँगै समान ७ अंक जोडेका चेल्सी र सेभिया तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। त्यस्तै समान १ अंक बनाएका क्रसनोदर र रेनेस तेस्रो र चौथो स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell