PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

चितवनमा कोभिड १९ संक्रमित थप एक पुरुषको मृत्यु



पहिलोपोस्ट

चितवनमा कोभिड १९ संक्रमित थप एक पुरुषको मृत्यु

काठमाडौंः चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ।

मकवानपुर हेटौंडा उप-महानगरपालिका-६ बस्ने ८२ वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।

उनी ज्वोरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका थिए। तर उनमा कोभिड १९ भने कार्तिक १५ गते नै पुष्टी भइसकेको थियो। कोभिड आइसियु वार्डमा राखेर उपचार भइरहेका उनको आज बिहान १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell