PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

आजबाट मुम्बईमा सिनेमा हल पुन: संचालनमा आउँदै



पहिलोपोस्ट

आजबाट मुम्बईमा सिनेमा हल पुन: संचालनमा आउँदै

आजबाट भारतको कोभिड-१९ को केन्द्रविन्दु मानिएको महाराष्ट्रमा सिनेमा हल खुला हुँदैछ। महाराष्ट्र सरकराले ५० प्रतिशत क्षमतामा सिनेमा हल संचालनमा ल्याउन अनुमति दिएपछि आजबाट मनोरञ्जन उद्योगले थोरै भए पनि राहत पाउँदैछ। सात महिनापछि सिनेमा घरमा मानिसहरु पुग्ने छन् आजबाट।

भारतमा मार्चको मध्यदेखि सिनेमाघर पूर्ण रुपमा बन्द हुँदै आएको छ। कोरोना भाइरसको संक्रमण दर लगातार बढ्न थालेपछि भारतमा सार्वजनिक स्थलहरुमाथि निषेधाज्ञा जारी भएको थियो। 

भारतको गृह मन्त्रालयले अनलक फाइभ ओ अन्तरगत तयार गरेको निर्देशिका अनुसार ५० प्रतिशत क्षमतामा सिनेमा हल संचालन गर्न सक्ने व्यवस्था गरेको थियो। तर, तत्काल महाराष्ट्र सरकारले सिनेमा हल खुला गर्न मानेन। भारतको फिल्म उद्योगको सबैभन्दा ठूलो हिस्सा मुम्बईले लिने गर्छ जुन महाराष्ट्रमा पर्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell