अधिकांश अमेरिकी मिडियाले डोनाल्ड ट्रम्पको विरुद्ध निर्वाचन परिणामको प्रक्षेपण गरिरहँदा फक्स न्युज एउटा यस्तो मिडिया थियो जसले राष्ट्रपति ट्रम्पको समर्थन गरिरह्यो। ट्रम्पको विजयीको प्रक्षेपणसमेत गर्न भ्याएको फक्स न्यूज निर्वाचनको प्रारम्भिक मत परिणाम आउँदै गर्दा जो बाइडेनतर्फ ढल्किन सुरु गरिसकेको छ। यद्यपि, अझै निर्वाचन परिणाम प्रष्ट भइसकेको छैन।
फक्स न्युजले ट्रम्पको राजनीतिक भविष्य सकिन थालेको संकेत गर्दै बाइडेनको पक्ष उभिएको न्युयोर्क टाइम्सले लेखेको छ।
न्युयोर्क टाइम्सका अनुसार फक्स न्युजले डोनाल्ड ट्रम्पलाई माथि ल्याउन मलजल गर्यो। अहिले सम्भावित पतनको रिपोर्ट गरिरहेको उसले लेखेको छ।
मंगलवार राती फक्स नेटवर्कले मतपरिणाम सार्वजनिक नहुँदै एरिजोनामा वाइडेन विजयी हुने प्रक्षेपण गर्यो। जसले ट्रम्प र उनका सहयोगीलाई क्रोधित बनायो। यस विषयमा उनीहरु सार्वजनिक रुपमा वा भित्री रुपमा फक्स न्यूजको कार्याकारीहरुबीच सम्पर्क गरी असन्तुष्टि समेत जनाए।
नेटवर्कका दुई जना वरिष्ठ पत्रकारहरु लाउरा इंग्राम र जेनिने पिर्रो ट्रम्पको 'इस्ट रुम' ह्वाइट हाउसबाट गरेको सम्बोधनमा उपस्थित थिए।
निर्वाचनको राति फक्स न्यूजको स्क्रिन परिवर्तन हुँदै गयो। समाचार वाचकहरु र विश्लेषकहरु ट्रम्पको पक्षबाट पछि हट्दै गए। बुधवार दिउँसोसम्म आइपुग्दा ट्रम्पका समर्थकहरु फक्स न्युजबाट ट्रम्पको पक्षमा कार्यक्रम हेर्न चाहन्थे, कुनै बेला ट्रम्को सहयोगीको रुपमा देखिएको फक्सले बाइडेनको पक्षमा उभिन पुग्यो।
फक्स न्यूज नेटवर्क एउटा मात्र केवल नेटवर्क हो जसले राष्ट्रपतिका अधिवक्ता रुडी ग्युलिनीले आयोजना गरेको पत्रकार सम्मेनको कभर गरेको थियो। त्यही सम्मेलनमा उनले निर्वाचनमा धाँधली भएको आरोप लगाएका थिए।
तर, च्यानले उनको आवाज बन्द गर्यो र मिचिगनमा वाइडेनको विजयी भएको प्रक्षेपण गर्दै राष्ट्रपति निर्वाचित हुने संघरमा रहेको बतायो।
नेटवर्कका प्रमुख राजनीतिक एंकर व्रेट बायरले ट्रम्पले उठाएको मुद्दाले चुनावी दौडमा प्रश्न खडा गरे पनि बाइडेन २७० जित्ने प्रक्षेपण फक्स न्युजका राजनीतिक सम्पादक क्रिस स्ट्रेइवाल्टले ट्रम्प क्याम्पेनको तर्फबाट आएको आधारहिन आक्षेपलाई खारेज गरिदिए।
उनले ट्रम्पका पक्षबाट दायर भएको लस्विटलाई स्क्याम स्विटको संज्ञा दिँदै भने- 'हामीले अहिले सम्म कुनै गलत भएको केही पनि प्रमाणहरु पाएका छैनौं।'
लामो समय सम्म फक्स न्युज ट्रम्पको वरिपरी घुमिरहेको थियो। फक्स न्युज ट्रम्पका समर्थकहरुको भर्ती केन्द्रसमेत भएको थियो। जसमा सिन हान्निटी, इंग्राम र 'फक्स एन्ड फ्रेन्डस्' कार्यक्रमका सञ्चालक सहित थिए।
मंगलवार बिहान ट्रम्पले फक्स एन्ड फ्रेन्डस्मा भनेका थिए- 'फक्स धेरै परिवर्तन भयो। मलाई कसैले भन्यो यो चार वर्ष र हालमा सबैभन्दा धेरै परिवर्तन के देख्नुभयो भनेर मलाई सोध्यो मैले भने फक्स।'
फक्स न्यूजले वाइडेनलाई ४६ औं राष्ट्रपतिको रुपमा प्रक्षेपण गर्न थालिसकेको छ।
फक्स न्युजले अरिजोनामा वाइडेनले जित्ने प्रक्षेपण गरेसँगै ट्रम्पका सहयोगीले रुपर्ट मुर्डोकलाई फोन गरे। फक्स न्युजले ७३ प्रतिशत मतगणना सकिँदै गर्दा डेमोक्रेट उम्मेदवार वाइडेनले जित्ने प्रक्षपेण गरेका थिए।
त्यतिमात्र होइन ट्रम्पको क्याम्पियनका तर्फबाट फक्सको प्रक्षेपण विरुद्ध प्रतिक्रिया पनि दिन थाले। त्यतिमात्र होइन ट्रम्प स्वयमले मुर्डोकलाई तारान्तार फोन गरेर प्रक्षेपण सच्याउन आग्रह गरिरहे।
ट्रम्पको आग्रहलाई मुर्डोकले अस्वीकार गरिदिए। यससँगै ट्रम्पले आफ्ना मुखपत्र मार्फत फक्स न्युजको विरोधमा बोलिरहेका छन्। ट्रम्पले फक्समा रोजर एइलेसको अभाव महसुस गरिरहेको अनुभूति सबैले गरेका छन्। उनी २०१६ सम्म फक्सको सीईयो थिए। जसले ट्रम्पलाई २०१६ मा सहयोग गरेका थिए। २३ महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि भने उनी राजीनामा दिन बाध्य भएका थिए।
यसबीच ट्रम्पका ज्वाइँ तथा ह्वाइट हाउसका सल्लाहकार जेराड कुस्नर निरन्तर रुपर्ट मुर्डोकसँग सम्पर्कमा रहेको न्यूयोर्क टाइम्सले जनाएको छ।
