PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

ओली -प्रचण्ड भेट, भएन कुनै सहमति



पहिलोपोस्ट

ओली -प्रचण्ड भेट, भएन कुनै सहमति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।

पार्टी विवाद उत्कर्षमा पुगिरहेका बेला दुई अध्यक्षबीच बालुवाटारमा बिहीवार भएको दुई घण्टा लामो छलफल भए पनि पछिल्लो विवादबारे सहमति जुट्न सकेन।

सरकारले गरेको राजदूतको नियुक्ति सिफारिसदेखि मन्त्रिपरिषद् पुनर्गठन, कर्णालीमा  मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव र 'रअ'का प्रमुखको नेपाल आगमन र प्रधानमन्त्रीसागकाे भेटलाई लिएर विवाद देखिएको थियो।

दुई अध्यक्षद्वयबीच सोही विषयमा छलफल भएको भए पनि कुनै सहमति हुन नसकेको बताइएकाे छ। अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाउनुपर्ने अडान दोहोर्‍याएका थिए आजको भेटमा।

पार्टी अलग अलग गर्ने प्रस्ताव आएपछि केही दिन दुई अध्यक्षबीच भेट हुन सकेको थिएन। दोस्रो तहका नेताहरुको दबाबपछि आज दुई नेताहरुले भेट गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell