PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

पुजारी हत्याका दुई अभियुक्त पुर्पक्षका लागि जेल चलान 



पहिलोपोस्ट

पुजारी हत्याका दुई अभियुक्त पुर्पक्षका लागि जेल चलान 

जनकपुरधाम : पुजारीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजना अभियुक्तलाई जेल चालन गरिएको छ। जिल्ला अदालतले रौतहटले पुर्पक्षका जेल चलानको आदेश गरेको हो।

भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२ खैस्रैया चोकस्थित हनुमान मन्दिरका पुजारीको हत्या भएको थियो। ६५ वर्षीय श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो।

पुजारी हत्याका आरोपित देवाही गोनाही नगरपालिका वाडा नम्बर १ करुनिया बस्ने नरेश भन्ने राम नरेश पटेल र जय नारायण राउत पटेललाई रौतहट जिल्ला अदालतले पुर्पक्षका जेल पठाएको हो।

सामान्य विवादमा आरोपित दुवैजनाले मदिरा सेवन गरी पुजारी साहको गोली हानी हत्या गरेको रौतहटका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भारत श्रेष्ठले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell