PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कोरोना सङ्क्रमित सुदूर पश्चिमका कानुनमन्त्री शाह अस्पताल भर्ना



पहिलोपोस्ट

कोरोना सङ्क्रमित सुदूर पश्चिमका कानुनमन्त्री शाह अस्पताल भर्ना

कैलाली : कोरोना सङ्क्रमित सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि धनगढी स्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो।

कात्तिक १५ गते कोरोना सङ्क्रमण पुष्टि भएका मन्त्री शाहको नाकमा समस्या देखिएपछि उनलाई होम आइसोलेसनबाट अस्पताल लगिएको उनको स्वकीय सचिवालयले जानकारी दिएको छ।

‘कोरोना सङ्क्रमण पश्चात् उहाँलाई होम आइसोलेसनमै राखिएको थियो। आज नाकबाट रगत आउने समस्या देखिएपछि अस्पताल लगिएको हो,’ मन्त्रीका स्वकीय सचिव जङ्गबहादुर विकले भने।

नाकबाट रगत आउने समस्या भएपछि अस्पताल भर्ना भएका शाह चिकित्सकको निगरानीमा रहेको अस्पताल श्रोतले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell