PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

पेरिसडाँडामा प्रचण्ड-नेपालले गरे कानुन व्यवसायीसँग छलफल



पहिलोपोस्ट

पेरिसडाँडामा प्रचण्ड-नेपालले गरे कानुन व्यवसायीसँग छलफल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन्।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा प्रचण्ड र नेपालले कानुनी पृष्ठभूमिका पार्टी नेता र कानुन व्यवसायीसँग परामर्श गरेका हुन्।

भेटमा नेकपका प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य रघुजी पन्त, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, नेकपा केन्द्रीय सदस्य समेत रहेका मुक्ति प्रधान लागयत पार्टीका नेताहरु सहभागी थिए।

सोक्रममा पछिल्लो राजनीतिक घटनाक्रम भन्दा पनि अन्य विषयमा छलफल भएको प्रधानले बताए।

'प्राय अध्यक्षसँग त मेरो भइरहन्छ। तर आज पछिल्लो राजनीतिक घटनाक्रम भन्दा पनि हाम्रा अन्य मुद्दधा मामिलाका विषयमा कुराकानी भएको हो, उनले भने।

 भेटमा न्यायपरिषद्मा सदस्य नियुक्तका विषयमा छलफल भएको बताइएको छ।  आजै प्रधानमन्त्री ओली र प्रचण्डबीच पनि भेट भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell